फागुन ११ बाट चैत २ मा पुग्यो ‘रोमियो एण्ड मुना’



चलचित्र ‘रोमियो एण्ड मुना’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । अब चलचित्र चैत २ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले जानकारी दिए । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको ‘रोमियो एण्ड मुना’को प्रदर्शन मिति यसअघि फागुन ११ गतेलाई तोकिएको थियो ।

निर्माता गोपालीले चलचित्रको काम नसकिएको कारण प्रदर्शन मिति सारिएको बताए । उनी भन्छन, ‘भिएफएक्स र एनिमेशन सोचे जस्तो भएन । त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नु पर्‍यो ।’

चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । नरेश कुमार केसीले निर्देशन गरेको चलचित्रलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu