करणलाई जेल सजाय हुन सक्ने



बलिउडका चर्चित चलचित्र निर्देशक, निर्माता, कलाकार तथा टेलिभिजन पर्सनालिटी करण जोहर जेल जान सक्ने बताइएको छ । रियालिटी सो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’ लाई दिल्ली सरकारले एक पत्र काटेपछि करण र रोहित शेट्टी समस्यामा पर्न सक्ने संकेत गरिएको छ ।

यी दुई यो सोका जज हुन् । सोमा एउटा पान मसला बनाउने कम्पनीको विज्ञापन देखाइएपछि सरकारले चेतावनीमूलक पत्र काटेको हो । सोबाट यो विज्ञापन बन्द नगरिएमा सबैभन्दा बढी नोक्सान करणलाई पर्न जाने समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

करणलाई कानुन उल्लंघनविरुद्ध पत्र काटिएको यो दोस्रोपटक हो । करणले १० दिनमा पत्रको चित्तबुझ्दो जवाफ नदिए उनलाई पाँच वर्ष जेल र दुई हजार रुपैयाँ जरिबाना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu