ठाकुर प्रतापले ल्याए ‘सान्नानी’ (भिडियो)



संगीतकार एवं गायक ठाकुर प्रताप दुलालले आफ्नै संगीत तथा स्वरमा रहेको ‘सान्नानी’ बोलको भिडियो सार्वजनिक गरेका छन् । गीतको भिडियोमा प्रिया रिजाल र गायक प्रताप आफैंले अभिनय गरेका छन् ।

विदेशमा रहेका श्रीमानलाई सम्झँदै प्रियाले दिन गनिरहेको कथा भिडियोमा बुनिएको छ । भिडियोलाई पेमा तामाङ गोफ्लेले निर्देशन गरेका हुन् भने हरिश महराले छायांकन गरेका हुन् । भिडियोका सम्पादक सुजन शाही हुन् ।

भारतको प्रसिद्ध रबिन्द्र भारती बिश्वबिधालयमा अध्ययन गरेर स्वदेश फर्किएका गायक ठाकुर प्रतापको पछिल्लो समय आफ्नै देशमा संगीतमा लागेर प्रशंसनिय काम गर्न लागी परेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu