सुशान्त अब चोर



बलिउड अभिनेता सुशान्त सिंह राजपूत अहिले आफ्नो नयाँ चलचित्र ‘सोन चिरैया’ को सुटिङमा व्यस्त छन् । चलचित्रलाई लिएर सुशान्त निकै उत्साहित छन् र यो चलचित्रसँग जोडिएको एक तश्बिर उनले सोसल मिडियामा शेयर गरेका छन् ।

तश्बिरमा सुशान्त सिंह चलचित्र ‘शोले’ को गब्बर सिंह स्टाइलमा देखिएका छन् । चलचित्र ७० को दशकमा चम्बलको पृष्ठभूमिमा आधारित छ । चलचित्रको प्रायः सुटिङ पनि चम्बलमा नै हुनेछ । अभिषेक चौबे चलचित्रलाई निर्देशन गरिरहेका छन् ।

चलचित्रमा सुशान्त सिंहसँगै भूमि पेडनेकरको पनि मुख्य भूमिकामा छन् । रणवीर शोरी, मनोज बाजपेयी र आशुतोष राणा पनि चलचित्रका कलाकार हुन् । सुशान्तको पछिल्लो चलचित्र ‘राब्ता’ बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो ।

यसपछि अहिले उनी दुई चलचित्रमा व्यस्त छन् । एक अभिषेक चौबेको ‘सोन चिरैया’ र अर्को अभिषेक कपूरको चलचित्र ‘केदारनाथ’ । ‘केदारनाथ’ बाट सैफ अली खानकी छोरी सोहा अली खान ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu