‘सन्तपुर एकीकृत नमूना बस्ती’ हस्तान्तरण, धुर्मुसले भने, ‘हाम्रो काम सरकारलाई चुनौती होइन’ (फोटोफिचर)



धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘सन्तपुर एकीकृत नमूना बस्ती’ मंगलवार हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीका अध्यक्ष सत्यनारायण माझीलाई साँचो हस्तान्तरण गरिन् ।

फाउण्डेशनले आफ्नो चौथों परियोजना अन्तर्गत ५ करोड ९९ लाखको लागतमा ४७ वटा दुई तल्ले पक्की घर, शौचालय, एउटा सामुदायिक भवन, मुसहर र पासवानको कुल देवताको २ वटा छुट्टाछुट्टै मन्दिर, एउटा विद्यालय भवन, एउटा क्लव घर, एउटा बाल उद्यान र एउटा फलामको अग्लो भ्यू टावर समेत निर्माण गरेको छ ।

फाउण्डेशनका व्यवस्थापक अर्जुन न्यौपानेका अनुसार, नेपाल सरकारको सम्पूर्ण मापदण्ड अनुसार नै घर निर्माण गरिएको छ ।

बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले भनिन्, ‘आज नेपाल आमा नै खुसी भएको दिन हो । नमूना नेपाल बनाउन लाग्दा तराईमा बाढी आएर तहस नहस भएपछि यो बस्ती बनाएको हो ।’

अझै ७० लाख रकम अभाव भएपनि बस्ती हस्तान्तरण भएपछि बाँकी रकम उठनेमा उनी विश्वस्त रहेको बताउँछिन् । ४ वर्षकी छोरी काखमा हुँदा पनि सायदै आफूहरुले बोकेर हिँड्को पनि उनले सम्झिइन् ।

फाउण्डेशनका सल्लाहकार हरिवंश आचार्यले राम्रो काम गर्ने मान्छे सधै जीवित रहने बताए । उनले भने, ’उनिहरुको योगदानले सारा नेपाल हाँसेको छ । नेपाल आमाको छाती गर्वले फूलेको छ । मधेस पहाडको सद्भावको काम गर्नुभएको छ ।’

यस्तै, फाउण्डेशनका अर्का सल्लाहकार मदनकृष्ण श्रेष्ठले ‘धुर्मुस-सुन्तली’ ले कला क्षेत्रकै इज्जत बढाएको भन्दै धन्यवाद दिए ।

बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रपति भण्डारीले ‘धुर्मुस-सुन्तली’ को कामको प्रशंसा गर्दै धन्यवाद दिइन् । उनले भनिन्, ‘यो बस्ती समतामूलक समाजको अनुपम उदाहरण हो । सबैलार्इ न्यूनतम सुविधायुक्त बसोबासमा सरकार कटिबद्द हुनु पर्छ । कलाकारले विसंगतिलाई व्यंग्य गर्ने मात्र होईन समाधान दिन पनि अगाडि हुन्छन् भन्ने उदारहण ‘धुर्मुस-सुन्तली’ले दिनुभएको छ ।’

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले आज बस्ती हस्तान्तरण गर्ने दिन सबै नेपालीको उत्सवको दिन रहेको बताए । आफ्नो पीडा लुकाएर बस्ती बनाउने कामदारहरूलार्इ सबै नेपालीको घर बनाएको भन्दै उनले धन्यवाद दिए ।

उनी भन्छन्, ‘यहाँ बस्ती मात्र होईन संस्कार पनि बसेको छ । बस्तीका व्यक्तिहरु भन्छन ‘अबदेखी हामीले कहिल्यै मदिरा पान गर्दैनौं’। नाम र पद भन्दा पनि काममा विश्वास गर्छौँ । हाम्रो काम सरकारलाई चुनौती होईन, सहयोग हो । अब अग्रिम घोषणा गरेको नमूना नेपाल बनाउँछौं ।’

कार्यक्रममा बस्तीका लागि चलचित्र ‘छक्का पञ्जा’ र ‘शत्रुगते’ टीमबाट १/१ लाख र हास्यकलाकार मधुसूदन पाठक ‘सीते बा’ ले ५० हजार सहयोग सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu