नाडा अटो शो २०२३ मा टाटा टियागो इभीको उत्कृष्ट प्रदर्शन, पाँच सय बढी बुकिङ



काठमाडौँ।
यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औँ संस्करणको नाडा अटो शो २०२३ मा टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नाडा अटो शोमा यो सवारीहरू सार्वजनिक गरेको थियो ।

सुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरूमा देखाएको विश्वासले थप ऊर्जा थपेको बताए । उनले नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको महसुस गरेको र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरू नेपालमा भित्र्याउने दृढ सङ्कल्प लिएको बताए ।

टाटाका गाडीहरू उत्कृष्ट विशेषतायुक्त रहेका छन् । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य विशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायी रहेका छन् । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्ता अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् ।

त्यसै गरी, टाटाको “न्यु फरेभ” रेन्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा एवं आकाङ्क्षाहरूको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu