‘फान अवार्ड’ मा विपिन र श्रृजना उत्कृष्ट, ‘छक्क पञ्जा’ उत्कृष्ट चलचित्र



काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोस्रो फान अवार्ड २०७३’ मा चलचित्र ‘छक्का पञ्जा’ उत्कृष्ट ठहरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’ बाट विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’ को उपाधि हात पारे ।

यस्तै, चलचित्र ‘डाइङ क्यान्डल’ बाट श्रृजना सुब्बाले ‘उत्कृष्ट नायिका’ को अवार्ड जितिन् । उत्कृष्ट निर्देशक विधा तर्फ भने ‘गाजलु’ बाट हेमराज विसीले अवार्ड उचाले ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा २४ विधामा अवार्ड वितरण गरियो । यसैबीच दिर्घ साधना सम्मान तर्फ वरिष्ट कलाकार नीर शाहलाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै शाहलाई १ लाख ११ हजार १ सय ११ धनराशीसहित सम्मानपत्र प्रदान गरे ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई संघले पपुलर अवार्ड प्रदान गर्‍यो । उता चलचित्र पत्रकार द्वय लक्ष्मण सुवेदी र ध्रुव लम्साललाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरियो ।

‘फान अवार्ड २०७३’ का बिजेताहरु यसप्रकार छन् :
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी (गाजलु)
उत्कृष्टः अभिनेताः विपिन कार्की (जात्रा)
उत्कृष्ट अभिनेत्रीः श्रृजना सुब्बा (डाइङ क्याण्डल)
उत्कृष्ट नव-निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा)


उत्कृष्ट नव-नायकः आर्यन अधिकारी (के म तिम्रो होइन र)
उत्कृष्ट नव-अभिनेत्रीः सृष्टि श्रेष्ठ (गाजलु)
उत्कृष्ट सह-अभिनेताः जितु नेपाल
उत्कृष्ट सह-अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त (किस्मत २)
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल (के म तिम्रो होइन र)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा)
उत्कृष्ट खलपात्रः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल (छक्का पञ्जा)


उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन (जय परशुराम)
उत्कृष्ट सम्पादनः मित्र डी. गुरुङ (जात्रा)
उत्कृष्ट छायांकनः रविन आचार्य (डाइङ क्याण्डल)
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल (शब्द- हरपल रुवाउँछ)


उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा (पुरानो डुङ्गा- नीर)
उत्कृष्ट गायिकाः मीना निरौला (लुट २- ठमेल बजार)
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी (छक्का पञ्जा- पूर्व पश्चिम रेल)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (छक्क पञ्जा- पूर्व पश्चिम रेल)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu