फेरी एक हुँदै ऋतिक र सुजैन !



बलिउड सुपरस्टार ऋतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भएको तीन वर्ष भइसकेको छ । आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनीहरुले सन् २०१४ मा अन्त्य गरेका थिए ।

उनीहरुको ऋदान र ऋहान दुई छोरा छन् । दुबैले दुई छोराको पालन पोषणको जिम्मा लिएका छन् । डिभोर्स भइसकेपछि पनि ऋतिक र सुजैनको सम्बन्ध पहिलेको जस्तै छ । समय समयमा भेटघाट गरिरहने र आफ्नो छोराहरुसँग समय बिताउने गरिहन्छन् उनीहरु ।

कहिलेकाहीँ उनीहरु डिनर पनि सँगै गर्छन् । संसारको लिला पनि अचम्मको छ । सम्बन्ध राम्रो थियो भने किन डिभोर्स गर्नु ? हुनत, बलिउडमा यो सामान्य भैसकेको छ ।

उनीहरु डिभोर्स र प्याचअपलाई सामान्य ठान्छन् । पछिल्लो समय सुजैन र ऋतिक धेरै समयसँगै बिताउने गरेका छन् । त्यसैले उनीहरु फेरि सँगै हुने अड्कल पनि काटिन थालिएको छ ।

कुनै समय सुजैन र ऋतिकको जोडी बलिउडमा सबैभन्दा राम्रो र असल थियो । उनीहरको झगडाको कुरा पनि कहिल्यै आएन् । तर, सन् २०१४ मा डिभोर्स गरेपछि उनीहरुको प्रशंसा गर्नेहरु अच्चमित परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu