विग्रिएको हो शिल्पा र छविको सम्बन्ध ?



निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि नै यी दुईको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा बाहिर आएका थिए ।

तर, तेश्रो चलचित्र ‘किस्मत २’ हुँदै चौथो चलचित्र ‘मंगलम’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ । फागुन २५ गतेबाट छवि निर्मित तथा शिल्पा अभिनीत चलचित्र ‘मंगलम’ प्रदर्शनमा आउँदैछ । हाल शिल्पा र छवि यही चलचित्रको प्रचारमा राम्रै दौडिरहेका छन् ।

यसै शनिवार निर्माता ओझाले सञ्चालनमा ल्याएको ‘कान्तिपुर फिल्म एकेमेडी’ मा चलचित्र ‘मंगलम’ को विषयमा जानकारी दिन ठूलोपर्दा टिभीलाई डाकिएको थियो ।

ठूलोपर्दाले शिल्पा र छविको संयूक्त अन्तर्वार्ता लिन खोज्यो तर शिल्पा मानिनन् । उनले बिवाहकै प्रसंग निस्कन डरले छविसँग एकसाथ अन्तर्वार्ता दिन हिचकिचाइन् । त्यसबेला छविराज भने शिल्पासँग अन्तर्वार्ता दिने मूडमा थिए ।

शिल्पाले अस्वीकार गरेपछि छविराज रिसाए । विवाहको प्रसंगलाई मुख्य बिषय नबनाउने हाम्रो बाचापछि शिल्पा अन्तर्वार्ता दिन तयार भईन् तर उता छविले मानेनन् । ‘शिल्पाले अन्तर्वार्ता दिन नमाने मैले चाहिँ किन दिने ?’ भन्दै छविराज त्यहाँबाट बाहिरिए ।

यो सबै मिडियामा छाउनका लागि देखावटी गरिएको थियो वा वास्तविकता नै हो ? त्यो भने बुझ्न सकिएन । तर, त्यहाँको घट्ना हेर्दा भने यी दुईको सम्बन्ध अहिले ठिकठाक नभएको अनुमान लगाउन सकिन्छ ।

धेरै पटक यो कपलले मिडियामा चाँडै बिहे गर्ने उद्घोष गरिसकेका छन् । छविराजले शिल्पाको परिवारसँग औपचारिक कुराकानी भइसकेको र अब बिहेको मिति मात्र ‘फिक्स’ गर्न बाँकी रहेको बताउँदै हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu