जान्नुहोस्, यस्तो थियो बोनी र श्रीदेवीको प्रेम कहानी



२८ वर्षको उमेरमा निर्माता बोनी कपूरले मोना शौरीसँग विवाह गरेका थिए । वैवाहिक जीवन राम्रै चलेको थियो । मोनाबाट एक छोरा एक छोरी भएका थिए । दुई बच्चाका बाबु बोनीले विवाहित भएपनि श्रीदेवीलाई आफ्नो मन दिए ।

मोनालाई छोड्दै श्रीदेवीसँग विवाह गरे । त्यतिखेर श्रीदेवी अचानक गर्भवती भएका कारण मोनालाई छोड्दै विवाह गरेका थिए ।

मोनासँग उनले १३ वर्षसँगै बिताए
मोना विवाह गर्दा १९ वर्षकी मात्र थिइन् । उमेरले १० वर्ष जेठा रहेका बोनी कपूरसँग उनले मागी विवाह गरेकी थिइन् । छोरा अर्जुन कपुर र छोरी अंशुलाको जन्मसम्म त सबै ठीकठाक नै चलेको थियो । विवाह भएको १३ वर्षसम्म सम्बन्ध निकै बलियो थियो । तर, सन् १९९६ मा मोनासँग एक्कासी अलग्गिएर बोनी कपुरले श्रीदेवीसँग विवाह गरेका थिए ।

श्रीदेवीलाई एकतर्फी माया गर्थे बोनी
बोनी र श्रीदेवीको लभ लाइफ टेडोमेडो भएर अगाडि बढेको थियो । सुरुमा यो एकतर्फी माया थियो । यसको सूरुवात फिल्म ‘मिस्टर इण्डिया’ बाट सुरु भएको थियो । तर, १९७० को दशमा तमिल फिल्म गर्दा बखत नै श्रीदेवीलाई बोनीले मनराउन थालेका थिए । श्रीदेवी सिंगापुर भएका कारण उनको भेट हुन पाएन । बोनी उनलाई भेट्न चेन्नइ समेत गएका थिए ।

त्यसपछि श्रीदेवीले हिन्दी फिल्म ‘सोह्र साल’ बाट डेब्यु गरिन् । त्यसपछि बोनीले पनि उनीसँग काम गर्न थाले ।

उनीहरु यसरी नजिक भएका थिए
बोनी, श्रीदेवीलाई भेट्न फिल्म सेटमा पुगेका थिए । त्यहाँ उनले श्रीदेवीकी आमालाई भेटेका थिए । फिल्ममा साइन गराउन पुगेका बोनीलाई श्रीदेवीकी आमाले १० लाखमा मात्र श्रीदेवीले फिल्म साइन गर्ने बताइन् । तर, बोनी कपूरले ११ लाखमा श्रीदेवीलाई साइन गरे । त्यसपछि उनीहरुको सम्बन्ध झन् नजिकियो । मिथुन चक्रवर्तीसँग लभ अफयेरको हल्ला चलिरहँदा उता बोनी कपूरले मागी विवाह गरेका थिए ।

तर, स्वीजरल्याण्डको एक भ्रमणमा उनीहरुको सम्बन्ध नजिकियो । श्रीदेवीकी आमा एकपटक नराम्रोसँग बिरामी परिन् । उनको त्यस समय अमेरिकामा उपचार चलिरहेको थियो । यस दौरान श्रीदेवीलाई मानसिक, भावनात्मक र आर्थिक रुपमा बोनीले सहयोग गरे । बोनीले गरेको सहयोगका कारण श्रीदेवी निकै प्रभावित भइन् ।

सन् १९९६ मा श्रीदेवी गर्भवती भएको हल्ला बाहिर आयो । बोनीले पनि कुनै हतार नगरि पहिलो श्रीमती मोनालाई छोड्दै विवाह गरे । श्रीदेवी त्यस समय विवाह गर्ने सोचमा थिइनन् तर समयले यस्तो घट्ना घटाइदियो कि उनीहरु विवाह गर्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu