लगातार २५ बढी वर्षदेखि सफलता र स्टारडमलाई बचाइराख्नु सामान्य कुरा होइन । अभिनेता अजय देवगन भन्छन्, ‘हाम्रा पिढीका कलाकारहरु भाग्यमानी हुन् किनकी हाम्रा फ्यानहरु हामीप्रति यति धेरै समर्पित छन् ।’
हिन्दी फिल्मको ९० को दशकमा अजय देवग, शाहरूख खान, सलमान खान, आमिर खान र अक्षय कुमारको वर्चस्व थियो र अहिले पनि उनीहरु शीर्ष स्थानमा नै छन् । यी स्टार आज पनि सुपरहिट फिल्मका लागि चिनिने गर्छन् ।

अजय भन्छन्, ‘मलाई लाग्छ कि हामी निकै भाग्यमानी छौं । जब हामीले काम सुरु गरेका थियौं तब हामीले जुन प्रकारको फ्यान पायौं, उनीहरु निकै समर्पित फ्यान थिए ।’
अजय देवगनको नयाँ फिल्म ‘रेड’ १६ मार्चमा रिलिज हुँदैछ । यो फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री इलियाना डू क्रूज देखिँदैछिन् ।






