गुपचुप प्रेम सम्बन्धमा रहेका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले विवाह गरेको खबरले यतिबेला सिनेवृत तरंगीत बनेको छ । हालैमा अदालत पुगेर सविनले अनुलाई दुलही बनाएको चर्चा छ ।
के हो त यर्थाथ ? सविन भन्छन्, ‘खोई थाहा छैन विवाहको हल्ला कसरी चल्यो । अदालत जाँदैमा बिहे हुन्छ र ? एक व्यक्तिले धम्की र गाली गलौज गरेपछि म र अनु अदालत गरेका हौं । तर बिहे गरेको भन्ने खबर गलत हो ।’
सविनले अनुसँगको प्रेम सम्बन्धको विषयमा पहिलो पटक मिडियामा मुख खोले । ‘हो, हामी नजिक छौं । तर तत्काल बिहे गर्ने सोच छैन । दुलहा बन्ने पनि समय आउला नी !’ उनले भने । अनु र सविनले चलचित्र ‘लक्ष्य’, ‘आधा बाटो’ जस्ता फिल्ममा एकसाथ काम गरेका छन् ।
सविन निर्मित पहिलो चलचित्र ‘हिरो रिर्टन्स’ बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै, अनु अभिनीत नयाँ चलचित्र ‘पसिना’ रिलिजको तरखरमा छ ।