धुर्मुस-सुन्तलीलाई ‘बर्ष व्यक्ति’ सम्मान



हरेक बिहिबार प्रकाशन हुँदै आएको नेपाली चलचित्रसम्बन्धी पत्रिका ‘फिल्मीखबर साप्ताहिक’ले आफ्नो नवौं बार्षिकोत्सव मनाएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच पत्रिकाले आफ्नो नवौं बार्षिक उत्सव मनाएको हो ।

सोहि क्रममा फिल्मीखबरले साप्ताहिकले गतबर्षदेखि सुरु गरेको बर्ष व्यक्ति सम्मान पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) लाई सम्मान गर्दा बर्ष व्यक्ति महिलातर्फ कञ्जना घिमिरे (सुन्तली) लाई सम्मान गरेको छ ।

सम्मानपछि कार्यक्रममा बोल्दै कलाकार तथा समाजसेवी सितारामले आफूलाई यो सम्मानले अझ काम गर्न उत्साह थपिएको बताए । त्यस्तै, कञ्जनाले पनि यस सम्मानबाट थप जिम्मेवारी थपेको बताइन् ।

फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले ९ बर्षसम्म लगातार कुनै चलचित्र सम्बन्धी पत्रिका प्रकाशित गर्नु आफैमा सफलता भएको बताए । कार्यक्रममा अभिनेता, अभिनेत्री, हाँस्य कलाकारदेखि फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu