‘डन ३’ मा शाहरुखको जोडी दीपिका नहुने



बलिउड सुपरस्टार शाहरुख खान, आनन्द एल रायको चलचित्र ‘जीरो’ को सुटिङ सकाएपछि ‘डन ३’ को काम सुरु गर्दैछन् । ‘डन २’ रिलिजको झन्डै ७ वर्षपछि शाहरुख फेरि पर्दामा अन्डरवर्ल्ड डनको रुपमा देखिनेछन् ।

चलचित्रमा प्रियंका चोपडा वा दीपिका पादुकोण लीड रोलमा हुने खबर थियो, तर अब चलचित्रमा कुनै नयाँ नायिकालाई मौका दिइँदैछ ।

चलचित्रका प्रोड्यूसर रितेश सिधवानीले आई.ए.एन.एस.सँग भने- ‘दीपिका ‘डन’ मा हुने छैनन् ।’ तर, चलचित्रमा प्रियंका हुने छिन् वा छैनन्, यस विषयमा भने उनी चुप छन् ।

ट्रेड एनालिस्ट रमेश बालाले सबै हल्लाहरुलाई खारेज गर्दै मेकर्स ‘डन ३’ मा नयाँ अनुहार बलिउडमा लञ्च गर्ने तयारीमा रहेको बताएका छन् । उनले ट्वीट गर्दै फिल्म दुबई र अबूधाबीमा सुट हुने जानकारी दिएका छन् । फिल्मको सुटिङ २०१९ बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu