रिलिज अगाडि नै ‘रेस ३’ ले बनायो रेकर्ड



बलिउड सुपरस्टार सलमान खानको ईद रिलिज हुन लागेको चलचित्र ‘रेस ३’ ले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ ।

खबरअनुसार, चलचित्रको स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको छ । सलमानको मार्केट मुल्यका कारण फिल्मको राइट्स डबल रेटमा खरिद गरिएको हो । योसँगै फिल्मलाई रिलिज अगावै करोडौं फाइदा भएको छ ।


चलचित्रको राइट्सका लागि पहिला ७५ करोडको अफर मेकर्सलाई दिइएको थियो तर टिमले उक्त प्रस्ताव अस्वीकार गर्‍यो । पछि सलमान खानको कारण चलचित्रलाई दोब्बर मुनाफासँगै १५० करोड मिल्यो ।

सलमानको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को स्याटेलाइट राइट्स ७० करोडमा विक्रि भएको थियो ।

‘रेस ३’ मा बबी देओल, अनिल कपूर, ज्याकलीन फर्नान्डिज, डेजी शाह र साकिब सलीम जस्ता कलाकार प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu