अजयको ‘रेड’ को कमाई ८० करोड ग्रस



बलिउड सुपरस्टार अजय देवगनको चलचित्र ‘रेड’ ले बक्सअफिसमा रिलिज लगत्तै यस्तो रेड सुरु गर्‍यो, जुन अहिलेसम्म रोकिएको छैन ।

फिल्मले बक्सअफिसमा कमाईको मामलामा अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’ लाई समेत पछाडि छाडेको छ ।

‘रेड’ ले रिलिजको १२ औँ दिनसम्ममा कूल ८४.३६ करोडको कमाई गरेको छ । चलचित्र ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै ‘रेड’ ले मंगलवार २.४१ करोडको कमाई गरेको जानकारी दिएका छन् ।

जानकारी रहोस्, ‘प्याडम्यान’ को कूल कमाई ८२.१० करोड थियो । ८४.३६ करोडसँगै ‘रेड’ अगाडि निस्किएको छ ।

केही समय अगाडि अजय देवगनले बलिउडमा आफ्नो अहिलेसम्मको करिअरबाट सन्तुष्ट रहेको बताएका थिए । उनी भन्छन्, ‘म त्यो चलचित्र मात्र गर्छु, जुन मलाई हृदयदेखि मन पर्छ ।’

यसअघि अजयको चलचित्र ‘गोलमाल अगेन’ रिलिज भएको थियो, जसले घरेलू बजारमा २ सय बढी कलेक्सन गरेको थियो ।

‘रेड’ चलचित्र वास्तविक भट्नामा आधारित छ । चलचित्रमा अजय देगवनले इमान्दार इनकम ट्याक्स अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

इलियाना उनको श्रीमतिको भूमिकामा छिन् । चलचित्र १९८१ मा लखनऊमा भएको सबैभन्दा लामो रेडको कहानी हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu