गजितको डान्स जादु अब कतारमा | दाजुभाईले हंगामा मच्चाउने



gajit-bista
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कलाकार, त्यो पनि चलचित्रको नायक बन्न त्याति सजिलो छैन । व्याक्तिमा शारिरिक सन्तुलन, अभिनय गर्न सक्ने कला, जुनसुकै ठाउँमा पनि प्रस्तुती दिन सक्ने क्षमता सँगै राम्रो नृत्य गर्न सक्ने क्षमता अनिवार्य जस्तै हुन्छ एकजना राम्रो कलाकार अनी (हिरो) नायक बन्नको लागी । सम्भवतः माथी उल्लेखित सबै प्रतिभाले भरिपुर्ण कलाकार हुन नेपाली चलचित्रका नायक गजित बिष्ट ।

गजित चलचित्रमा जत्तिको अभिनय गर्न सिपालु छन, त्यती नै नृत्य गर्न पनि माहिर छन । त्यसैले त पछिल्लो समय चलचित्रमा सँगै स्टेज कार्यक्रममा समेत प्रस्तुती देखाउनमा उनको व्यस्तता ह्वात्तै बढेको छ ।

यो क्रम चलिरहँदा नेपाल भित्र हुने सांस्कृतिक कार्यक्रममा मात्र होइन, विदेशमा पनि गजितको माग बढिरहेको छ। आउँदो डिसेम्वर १७ मा कतारमा हुने एक साँस्कृतिक कार्यक्रमको लागी आफ्नो नृत्यकला प्रस्तुत गर्न गजित कतार जाँदैछन । गजितको यो चौथो कतार भ्रमण हुनेछ । यसअघी अन्तिमपटक उनी दसैंको अवसरमा पनि नेपालीहरुले गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्न कतार गएका थिए।

‘सायद राम्रै भएर होला, विदेशबाट निकै अफर आउन थालेको छ,’ डान्स अभ्यासमा व्यस्त गजित भन्छन, ‘कतारका साथीभाईहरुले त अझ माया गर्नुभएको छ। हरेक पटक कार्यक्रममा आँफुले सहभागीहरुको चाहनानुसार दर्शकलाइ राम्रो मनोरञ्जन प्रदान गर्नको लागी फरक फरक शैलीका नृत्यहरु प्रस्तुत गर्दै आएको गजित बताउँछन् ।

त्यस्तै, गम्भिर बिष्ट नेपाली चलचित्रका नृत्य निर्देशनमा अग्र पंक्तिमा आउने नाम हो। गम्भिर उनै गजितका भाई हुन्। गम्भिर पनि सो कार्यक्रममा कतार जाँदै छन्।

gamvir-bista
कतारको वेष्ट इन्ड पार्कको एम्फिथिएटरमा हुने उक्त कार्यक्रममा गजित-गम्भिर सँगै गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, हाँस्यकलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे, नायिका नीता ढुंगाना, निश्मा घिमिरे, सन्दिप क्षेत्री, विरही कार्की, रजीना रिमाललगाएतका कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu