हलिउड गायकसँग फोटोसुट गर्दा ऐश्वर्याको आलोचना



४२ वर्षीया बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले हालै मात्र फेशन म्यागजिन ‘वोग’ को लागि फोटोसुट गराएकी छिन् । जसमा उनलाई हलिउड गायक फेरेल विलियम्सले साथ दिएका छन् ।

उनी विलियम्सको साथमा ‘स्टनिङ पोज’ दिइरहेको तस्बिरमा देख्न सकिन्छ । अमेरिकन र्यापर फेरेलसँग ऐश्वर्याले वोग म्यागजिनको अप्रिल महिनाको लागि यो फोटोसुट गराएकी हुन् ।

जहाँ उनीहरु दुईको जोडी निकै सुहाएको देख्न सकिन्छ । ग्लोबल आइकन फेरेल विलियम्ससँग ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् तर सामाजिक सञ्जालमा उक्त फोटोसुटको निकै आलोचना गरिरहेका छन् ।

कसैले यसलाई ‘फोटोशप्ड’ भनिरहेका छन् भने कसैले यसलाई ‘अक्वार्ड’ जोडी भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu