ट्रिपल रोलमा देखिँदै गोविन्दा



बलिउड अभिनेता गोविन्दा चाँडै ठूलो पर्दामा देखिँदैछन् । पहलाज निहलानीको नयाँ चलचित्र ‘राजु रंगीला’ मा गोविन्दा ट्रिपल रोलमा देखिने भएका छन् ।

२५ वर्षपछि यी दुईको पुनः टिमअप भएको हो । यसअगाडि गोविन्दा र निहलानीले साथमा चलचित्र ‘आंखें’ मा काम गरेका थिए, जुन १९९३ मा रिलिज भएको थियो ।


यतिबेला यो चलचित्रको धमाधम छायांकन भइरहेको छ । डीएनएसँग कुराकानी गर्दै पहलाज निहलानीले चलचित्रको विषयमा भने, ‘यो चलचित्रमा गोविन्दा ट्रिपल रोलमा देखिनेछन् । यस चलचित्रबाट तीन नयाँ नायिकालाई लञ्च गर्दैछौं ।’

गोविन्दा पछिल्लो पटक चलचित्र ‘आ गया हीरो’ मा देखिएका थिए । उक्त चलचित्र उनको कमब्याक थियो तर दर्शकले खासै रुचाएनन् । यसमा गोविन्दाले एसीपीको भूमिका निर्वाहा गरेका थिए ।

यस्तै, गएको वर्ष पहलाज निहलानीको चलचित्र ‘जूली २’ आएको थियो, जुन बक्सअफिसमा फ्लप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu