‘दबंग ३’ मा ‘नागिन’ सँग सलमानको रोमान्स ?



टिभीकी ‘नागिन’ मौनी रोयले बलिउड सुपरस्टार सलमान खानसँग ‘दबंग ३’ मा स्क्रिन शेयर गर्ने भएकी छिन् । उनी अक्षय कुमारको चलचित्र ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गर्दैछिन् ।

‘दबंग ३’ मा सलमान र मौनीको फ्ल्यासब्याक सिन हुने बताइएको छ । तर, यस विषयमा मौनीको तर्फबाट कुनै अफिसियल एनाउन्समेन्ट भएको छैन ।

‘नागिन’ को भूमिका न्यायपूर्वक निर्वाहा गरेपछि मौनी यतिबेला आफ्नो पहिलो बलिउड चलचित्र ‘गोल्ड’ को प्रदर्शन मिति कुरेर बसेकी छिन् । यस चलचित्रले बलिउडमा आफ्नो करिअर चम्काउन ठूलो सहयोग गर्नेमा उनी विश्वस्त छिन् ।

उता, सलमान खान भने यतिबेला उनी ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रको सुट सकिए लगत्तै उनी ‘दबंग ३’ का लागि समय दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu