यी हुन् सोनमको हुनेवाला दुलहा



बलिउड अभिनेत्री सोनम कपुर चाँडै विवाह बन्धनमा बाँधिदैछिन् । उनको नयाँ दिल्लीका एक व्यापारीसँग विवाह हुन लागेको हो ।

उनको हुनेवाला पतिको नाम हो आनन्द अहुजा । जसको सम्पत्ति मात्रै करिब ३ हजार करोडभन्दा बढी रहेको छ । आनन्दले आफ्नो पढाई दिल्लीको अमेरिकन एम्बेसीबाट गरेका हुन्, त्यस्तै उनले अमेरिकामा पनि एमबीए पढे ।

धेरैलाई लाग्नसक्छ उनले कसरी सोनम कपुरलाई भेटे । सोनमकी साथी प्रेरणा कुरेशी आनन्दको पनि एकदमै मिल्ने साथी हुन् । प्रेरणाकै कारण आनन्द र सोनम साथी भएका हुन् । आनन्दले सोनमलाई २०१४ मा प्रपोज गरेका थिए ।

प्रपोज एक्सेप्ट गर्न सोनमले केही महिना लगाएकी थिइन् । प्रपोज एक्सेप्ट गरेपछि सोनमले आनन्दको साथ यूरोप टुर गरेकी थिइन् । उनीहरु होलिडे इन्जोई गरिरहेको फोटो बेला बखतमा सोसल मिडियामा भाइरल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu