निर्देशकलाई जागरुक बनाउन समाजको कार्यशाला गोष्ठी



बैकुण्ठराज पराजुली, काठमाण्डौ। वौद्धिक सम्पती संरक्षणबारे जानकारी दिने उद्देश्यले चलचित्र निर्देशक समाजले विहिवार राजधानीमा एक कार्यशाला गोष्ठीको गरेको छ । ‘नेपाली चलचित्र वौद्धिक प्रतिलिपि अधिकार’ नाम दिईएको सो कार्यशालामा चलचित्रसँग जोडिएका विभिन्न संघसंस्थाका व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

nirdeshak-samaj-worshop1

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सम्पत्तिको अधिकार जस्को पनि हुने भन्दै निर्देशकको बौद्धिक अधिकारको हनन गर्न नमिल्ने धारणा राखेका थिए । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्देशकहरूको बौद्धिक अधिकार संरक्षणका लागि सर्जकहरूलाई जागरूक बनाउन यस किसिमको गोष्ठी गरेको बताए । उनले सेन्सर सर्टिफिकेटमा निर्देशकको नाम नलेख्ने गरेकोमा बिगत केहि महिनादेखि समाजकै पहलमा नाम लेखिन थालेको समेत जानकारी गराए । आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने उनको भनाई थियो ।

यसैबिच कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाहले चलचित्र विकास वोर्ड नै खारेज गर्नुपर्ने बताएका छन् । शाहले अबको संसद भवनमा नै यसको माग गरिने बताए । वोर्डले हरेकजसो ठाउँमा उपलब्धीबिहिन अवस्थामा पनि पैसा मात्र खर्च गर्दै आइरहेको भन्दै वोर्डको नै खारेजीको माग गरेका हुन् ।  त्यस्तै उनले कलाकार सहित प्राविधिकको पनि वौद्धिक अधिकार सुनिश्चित गरिनुपर्ने माग समेत गरे ।

nirdeshak-samaj-worshop2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu