अष्ट्रेलियामा आमा-छोरा द्वन्द्वको ‘कुण्ठा’ देखाईने



kuntha-sydneyठुलोपर्दा डटकम, काठमाण्डौ। अष्ट्रेलियाको सिड्नीमा नेपाली चलचित्र ‘कुण्ठा’ प्रिमियर हुने भएको छ।

सिड्नीमा नै रहेका युवराज पोखरेलले निर्माण गरेको सो चलचित्रमा मुख्यतया आमा र छोराबीचको द्वन्द्वलाई पर्दामा उतारिएको बताईएको छ।

२२ डिसेम्बर आइतवारको दिन सिड्नीको सिभिल थिएटरमा प्रिमियर हुनेछ। सो प्रिमियरमा सहभागी हुन अभिनेत्री मौसमी मल्ल र नायक रोविन पोखरेल सिड्नी जाँदैछन्।

यो चलचित्रको पहिलो प्रदर्शन त्यो पनि सिड्नीमा हुनु र आफु पनि सहभागी हुन पाउनु आफ्नो ठुलै अवसर रहेको नायक पोखरेलले ठुलोपर्दा डटकमलाई बताए।

साइना इन्टरटेमेन्टको ब्यानरमा निर्मित ‘कुण्ठा’को प्रोमो र गीतले चलचित्र बजारमा चर्चा पाएको छ। फरक शैलीमा पर्दामा उतारिएको कथा ‘कुण्ठा;मा पाईने नायक रोविन पोखरेलले बताए।

उनका अनुसार तीन फरक/फरक ब्याक्तिले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण र उनीहरुको भोगाइमा जीवन के हो आदि बिषय चलचित्रमा पाईनेछ। लाई चलचित्रको कथावस्तु बनाइएको छ ।

चलचित्रमा मौसमी मल्ल, रोविन पोखरेल, सुरज केसी, सुवास गजुरेल, गणेस सापकोटाका साथमा बालकलाकार अमृतांसु महजु घिमीरे लगाएतको अभिनय रहेको छ।

अनुप गिरीले निर्देशन गरेको ‘कुण्ठा’मा किरण माइकलको लेखन, गीत तथा संगीत छ । निरज कँडेलको छायाँकन रहेको चलचित्रका गीतमा श्रेया, बिश्व नेपाली, किरण माइकल, बिनोद ढकाललगायतको स्वर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu