रणबीरको ‘शमशेरा’ मा सञ्जय दत्त भिलेन



यश राज फिल्म्सको नयाँ चलचित्र ‘शमशेरा’ मा रणबीर कपूर डकैतको भूमिकामा देखिँदैछन् । अब यस चलचित्रमा उनको अपोजिटमा भिलेन फाइनल गरिएको छ । ‘शमशेरा’ मा सञ्जय दत्त हुने पक्का भएको छ ।

यसमा रणबीर कपूर एक्सन गर्दै देखिनेछन् । उनको फर्स्ट लुक निर्माण कम्पनीले सार्वजनिक गरिसकेको छ । रणबीर पहिलो पटक यस्तो भूमिकामा देखिन लागेका हुन् । अहिले फ्यान उनको नयाँ चलचित्र ‘सञ्जु’ को प्रतिक्षामा छन् ।

‘सञ्जू’ को पोस्टर र टीजरबाट रणबीर कपूरलाई सञ्जय दत्तको अवतारमा निकै रुचाएका छन् । रणबीर कपूर सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ मा सञ्जय दत्तको भूमिकामा परफेक्ट देखिएका छन् ।

यस्तैमा रिल र रियल सञ्जूको स्कृन शेयर गर्दै देखिनु फ्यानका लागि कम रोमाञ्चक हुने छैन । सञ्जयले यसअघि पनि ‘अग्निपथ’ सहित कयौं फिल्ममा भिलेनको भूमिका निर्वाहा गरिसकेका छन् । रणबीर कपूरको यो फिल्मलाई निर्देशन करण मल्होत्राले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu