समाजसेवामा दुर्गिश फिल्म्स | डेनमार्कमा आशातित नयाँ सम्झौता



ठुलोपर्दा डटकम, काठमाण्डौ। धेरै नेपाली चलचित्रले आशातित व्यापार गर्न नसकेको अवस्थामा पनि दर्शकको मन जित्ने चलचित्र बनाएर नेपाली चलचित्र उद्योगलाई नै आशा जगाउने निर्माता को रुपमा परिचित नाम हो, सुनिल रावल । आफ्नो लगानी तथा अवधारणामा चलचित्र निर्माण गरेर सफल भएपछी धेरै चलचित्रकर्मी तथा दर्शकमाझ लोकप्रियता कमाएका निर्माता रावलले अबको दिनमा सामाजिक सेवाको कार्यमा समेत अझै बढी अग्रसरिता देखाउने गरि आफ्नो निजि चलचित्र निर्माण कम्पनि दुर्गिश फिल्म नेपाल र नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन, डेनमार्कबीच कोपनहेगनमा मिलेर गर्ने विषयको एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

durgis-films-2
सायद र होस्टेल जस्ता बहुचर्चित चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रमा आशाको किरण लिएर उदाएको दुर्गिस फिल्मका प्रबन्ध निर्देशक एवंम् निर्माता सुनिल रावल र फाउण्डेशनका संस्थापक उपाध्यक्ष एलेन निएल्सेनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। आगामी दिनमा कम्पनीले हरेक वर्ष कुनै न कुनै असल काम गरीरहेको सामाजिक सेवामूलक संस्थालाई आफ्नो खूद नाफाको ५ प्रतिशत अनुदान दिने नीति लिए बमोजिम डेनमार्कमा नेपाली र डेनिस नागरिकहरुको पहलमा स्थापना भएको उक्त फाउण्डेशनलाई यस्तो सहयोग गर्ने निधो गरेको हो ।

डेनमार्कमा रहेर नेपाली कला संस्कृतिको उठानमा अनि जगेर्नामा महत्वपूर्ण काम गरिरहेको ‘नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन’ले सडक महोत्सवहरुको देश मानिने डेनमार्कमा, सडक महोत्सवकै आयोजना गरेर नेपाली सँस्कृति, कलाकौशल र रितीरिवाजलाई चिनाउने उद्धेश्य लिएर स्थापना भएकोले नेपालको सिमराना कैलालीमा “छोराछोरीको घर” र काठमाण्डौंको “बाल सारथी” नामक संस्थाका लागि आर्थिक सहयोग जुटाउने लक्ष्य राखेर काम गरिरहेको छ ।
आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्गिश फिल्मका निर्देशक रावलले डेनमार्कमा स्थापना भएको संस्था भएतापनि यसको समाजसेवाको क्षेत्र भने नेपाल रहेकोले उक्त संस्थासँग आफ्नो कम्पनीको सम्बन्ध जोड्न पाउँदा आफु उत्साहित भएको बताएका छन् । दुर्गिस फिल्मले आफ्नो तेश्रो फिल्मको खूद नाफाको ५ प्रतिशत रकम मध्येको ७५ प्रतिशत कैलालीमा स्थापनारत “छोराछोरीको घर” नामक बालगृहको भौतिक पूर्वाधारका लागि र २५ प्रतिशत काठ्माण्डौंका सडक बालबालिकाहरुको पठ्नपाठनमा सक्रिय “बाल सारथी”लाई नेपालमै अनुदान दिने छ ।

durgis-films-1

चलचित्र व्यवसायबाट नाफा मात्र कमाउने उद्धेश्य नभएर, समाज प्रतिको उत्तरदायित्व समेत वहन गर्ने दुर्गिस फिल्मको यो कदम नेपाली सिनेमा जगतका लागि एक नविन उदाहरण समेत बनोस् भन्ने सदिक्षा राखेर हाल डेनमार्कमा तेश्रो चलचित्रको छायांकनको पूर्वतयारी र होस्टेल सिनेमाको च्यारिटी सोको अवशर पारेर दुर्गिश फिल्म्सको टिम अहिले कोपनहेगन भ्रमणमा छ ।

दुर्गिश फिल्म नेपाल र नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन, डेनमार्कबीच कोपनहेगनमा आइतवार भएको सम्झौता पत्रको बारेमा जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिको पूर्णपाठ :
[tabs tab1=”सायद र होस्टेल पछिको तेश्रो चलचित्रको पृथक अवधारणा”]

[tab]दुर्गिश फिल्म नेपाल र नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन, डेनमार्कबीच कोपनहेगनमा आज सामाजिक सेवा कार्य मिलेर गर्ने विषयको एक सम्झौतामा हस्ताक्षर भएको छ । सायद र होस्टेल जस्ता बहुचर्चित चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रमा आशाको किरण लिएर उदाएको दुर्गिस फिल्मका प्रबन्ध निर्देशक एवंम् निर्माता म सुनिल रावल र फाउण्डेशनका संस्थापक उपाध्यक्ष एलेन निएल्सेनले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो।

अब उपरान्त आफ्नो मेरो कम्पनीले हरेक वर्ष कुनै न कुनै असल काम गरीरहेको सामाजिक सेवामूलक संस्थालाई आफ्नो खूद नाफाको ५ प्रतिशत अनुदान दिने नीति लिए बमोजिम डेनमार्कमा नेपाली र डेनिस नागरिकहरुको पहलमा स्थापना भएको उक्त फाउण्डेशनलाई यस्तो सहयोग गर्ने निधो गरेको हो ।
सडक महोत्सवहरुको देश मानिने डेनमार्कमा, सडक महोत्सवकै आयोजना गरेर नेपाली सँस्कृति, कलाकौशल र रितीरिवाजलाई चिनाउने उद्धेश्य लिएर स्थापना भएको नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशनले नेपालको सिमराना कैलालीमा “छोराछोरीको घर” र काठ्माण्डौंको “बाल सारथी” नामक संस्थाका लागि आर्थिक सहयोग जुटाउने लक्ष्य राखेर काम गरिरहेको छ । डेनमार्कमा स्थापना भएको संस्था भएतापनि यसको समाजसेवाको क्षेत्र भने नेपाल रहेकोले उक्त संस्थासंग आफ्नो कम्पनीको सम्बन्ध जोड्न उत्साहित भएकोछु । दुर्गिस फिल्मले आफ्नो तेश्रो फिल्मको खूद नाफाको ५ प्रतिशत रकम मध्येको ७५ प्रतिशत कैलालीमा स्थापनारत “छोराछोरीको घर” नामक बालगृहको भौतिक पूर्वाधारका लागि र २५ प्रतिशत काठ्माण्डौंका सडक बालबालिकाहरुको पठ्नपाठनमा सक्रिय “बाल सारथी”लाई नेपालमै अनुदान दिने छ ।
चलचित्र व्यवसायबाट नाफा मात्र कमाउने उद्धेश्य नभएर, समाज प्रतिको उत्तरदायित्व समेत वहन गर्ने दुर्गिस फिल्मको यो कदम नेपाली सिनेमा जगतका लागि एक नविन उदाहरण समेत बनोस् भन्ने सदिक्षा राखेर म, हाल डेनमार्कमा तेश्रो चलचित्रको छायांकनको पूर्वतयारी र होस्टेल सिनेमाको च्यारिटी सोको अवशर पारेर कोपनहेगन भ्रमणमा आईपुगेका छु ।
नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशनले, दुर्गिस फिल्मको अब बन्ने चलचित्रको, डेनमार्कमा हुने सुटिंग यूनिटको कार्यभार सम्हाल्ने छ । सुटिंगका लागि आवश्यक पर्ने सम्पूर्ण स्थानीय कानूनी स्वीकृति, नेपालबाट आउने कलाकार तथा प्राविधिकहरुको बसोवास व्यवस्था र स्थानीय नेपाली तथा डेनिस कलाकारहरु परिचालिन गर्ने इत्यादि जिम्मेवारी लिए वाफत, फाउण्डेशनको परोपकारी काममा एक्यवद्धतास्वरूप त्यसरी मुनाफामा साझेदारी दिने उद्घोष गरेको छु ।
फाउण्डेशन, गत सेप्टेम्बर २५ तारिखमा स्थानीय निकायमा दर्ता भै तिहारको अवशरमा देउसीभैली स्ट्रीट फेस्टिवल २०१३, स्थानीय प्रहरीको स्कटिंग सहित सम्पन्न गर्न सफल संस्था हो । लेखक तथा खोजपत्रकार पूर्ण बन्धनको परिकल्पनामा स्थापना भएको उक्त् फाउण्डेशनका उनी संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक डेनिस नागरिकहरुमा एलेन निएल्सेन उपाध्यक्ष, प्राध्यापक कारेन भालेन्टीन सदस्य सचिव र पाल्देन शेर्पा कोषाध्यक्ष रहेका छन् भने संस्थापक नेपाली सदस्यहरुमा भूवनराज भट्ट, सुनिता घिमिरे र राम बहादुर महर्जन रहेका छन् ।
सायद र होस्टेल जस्ता सुपरहिट नेपाली चलचित्र बनाएर अपार चर्चा तथा उचित मुनाफा कमाउन सफल दुर्गिस फिल्म,अबको तेश्रो चलचित्रको छायांकन विदेशमा गर्न सहयोग गर्ने, विदेशबाट नेपाली कला र सँस्कृतिका लागि योगदान दिने एउटा विशुद्ध उद्धेश्य लिएको संस्थाका साथ साझेदारी गरेर नेपाली चलचित्र बजार व्यवस्थापनको क्षेत्रमा सामाजिक उत्तरदायीत्व वहन गर्ने पृथक अवधारणा अपनाउने प्रयास गर्दैछ । त्यसैले भावी चलचित्रमा विदेशमा बस्ने नेपाली कलाकार र विदेशी कलाकारहरूको समेत भूमिका राखेर थप रोचकता दिने चेष्टा गर्दैछु । यसैक्रममा डेनमार्कमा बसोवासी सन्त थापामगरलार्इ स्थानीय कोरियोग्राफर लिने निर्णय गर्नुका साथै सुनिता घिमिरे र एलेन निएल्सेनलार्इ समेत तेश्रो चलचित्रमा भूमिका दिने निश्चय समेत गरिसकेको र अन्य डेनिस तथा नेपाली कलाकारहरू खोज्नेक्रम जारी राखेको छु । यसै क्रममा मैले हालै एक थियटर प्रशिक्षण दिने निकायका साथ छलफल जारी राखेको र एकजना डेनिस युवतीलार्इ थप नायिकाको भूमिकामा लिने कुरा समेत तय भैसकेको छ ।
सुनिल रावल
निर्माता तथा कलाकार
निर्देशक, दुर्गिश फिल्म्स प्रा.लि.

[/tab]

[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu