यस्तो छ जोनको ‘परमाणु’ ट्रेलर



बलिउड अभिनेता जोन अब्राहमको चलचित्र ‘परमाणु-द स्टोरी अफ पोखरण’ को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र २५ मेमा रिलिज हुँदैछ ।

प्रोडक्सन ब्यानर जेए इन्टरटेनमेन्ट र र क्रिअर्ज इन्टरटेनमेन्टबीचको विवादका कारण यो चलचित्र रिलिज हुन सकिरहेको थिएन ।

जेए इन्टरटेनमेन्टद्वारा जारी विज्ञप्तीका अनुसार, बम्बई हाईकोर्टमा फिल्मसँग सम्बन्धित मामलामा भइरहेको प्रगतिपश्चात चलचित्र २५ मेमा संयूक्त रुपमा जेए इन्टरटेनमेन्ट, जी स्टूडियोज र काइटा प्रोडक्सनको ब्यानरबाट रिलिज हुँदैछ ।


चलचित्रको कहानी ६ जनाको वरिपरि घुम्छ, जो दुनियाँदेखि लुकाएर पोखरणको सिमामा भारतका लागि परमाणु परीक्षण गर्ने गर्दछन् ।

धेरै सफल चलचित्रपछि ‘परमाणु’ जोनका लागि निकै महत्वपूर्ण चलचित्र हो । यो चलचित्र परमाणु नगरी पोखरणमा ११ र १३ मे १९९८ मा लगातार भएको पाँच परमाणु परीक्षणमा आधारित छ । चलचित्रको निर्देशन अभिषेक शर्माले गरेका हुन् ।

जोनको होम प्रोडक्शन हाउसमा निर्मित ‘परमाणु’ मा डायना पेन्टी र बोमन इरानीको पनि प्रमुख भूमिका छ । जोनले चलचित्रमा आर्मी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu