विवादै विवादको ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो



soongava
ठुलोपर्दा डटकम, काठमाण्डौ।
उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट ‘ओस्कार’ अवार्डमा सिफारिस भएको नेपाली चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरिएको छ । विविध विवादका बीच नेपालबाट यो चलचित्र ओस्कार अवार्डको लागी मनोनयनमा परेको थियो ।

नेपालबाट छनोट हुँदाको समयमा नेपाली चलचित्र ‘वधशाला’ र ‘शिरिषको फूल’ को निर्माण यूनिटले ओस्कारमा पठाइने नेपाली चलचित्र छान्ने प्रक्रिया पारदर्शी नभएको भन्दै ओस्कर छनोट समिति विरुद्ध अदालतमा मुद्धा समेत दायर गर्ने धम्की दिएका थिए ।

ओस्कर अवार्ड गर्दै आएको ‘द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्स’ले प्रकाशित गरेको अन्तिम सूचीमा नेपाली चलचित्र ‘सुनगाभा’ समावेश छैन ।  सुवर्ण थापा निर्देशित यो चलचित्रमा ‘सुनगाभा’मा नायिका द्वय निशा अधिकारी र दिया मास्केले समलिङ्गी युवतीको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu