साउन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनीत चलचित्र ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक भएको छ ।
‘यस्तो साथी’ बोलको गीतमा एलिजा र नव-नायक समुन्द्र पण्डित फिचर्ड छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतका शब्द सत्यराज एचआरसीले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन् ।
विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् । ‘अनुराग’ का निर्देशक सत्यराज चौलागाई हुन् । एलिजा फिल्मस् को ब्यानरमा निर्माण भएको ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ ।
रामकुमार केसीले खिचेको चलचित्रमा किरण दाहालको कथा छ । भरत गौतम र गीता भेटवाल चलचित्रको निर्मातामा छन् ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
गीत हेर्नुस् :-