असार २२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी संवादले भरिएको छ ।
दीपक वली निर्देशित यस चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहाडी, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतको अभिनय छ ।

यो चलचित्र आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । ‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।
फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।
भिडियो :-






