‘कृष ४’ र ‘५’ एकसाथ बन्ने



‘बाहुबली’ ले बनाएको रेकर्ड आजसम्म बलिउडले तोड्न सकेको छैन । तर अब रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन् । रितिकको चलचित्र ‘कृष २’ र ‘कृष ३’ ले बक्सअफिसमा राम्रो कमाई गरेको थियो ।

अब रितिकका पिता तथा निर्देशक राजेश रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दैछन् । रिपोर्ट्सका अनुसार, राजेश रोशनले आफ्नो दुई चलचित्रलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् । चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ ।


फिल्म ‘बाहुबली’ को जस्तै गरि ‘कृष ४’ र ‘५’ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ । ‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंग’ को समयमा नै ‘बाहुबली द कनक्लूजन’ को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही बाटोमा हिँड्दैछन् ।

‘कृष’ सिरिजको सुरुवात २००३ मा आएको चलचित्र ‘कोई मिल गया’ बाट भएको थियो । यो फिल्ममा पहिलो पटक एलियनको कन्सेप्टमा काम गरिएको थियो । यो चलचित्रमा रितिक मुख्य भूमिकामा थिए ।

यो कहानीलाई अगाडि बढाउने क्रममा वर्ष २००६ मा ‘कृष’ र वर्ष २०१३ मा ‘कृष ३’ रिलिज भएको थियो । यी दुबै सिरिज बक्सअफिसमा हिट साबित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu