रिक्स मोलेरै ‘सुनकेसरी’ बनाएका हौं : ऋचा शर्मा (भिडियो)



नेपालमा निर्माण भएका अधिकांश हरर जानराका चलचित्र सफल नभएका उदाहरण देख्दादेख्दै भर्सटायल अभिनेत्री ऋचा शर्माले यही विधामा चलचित्र निर्माण गरेकी छिन् । जेठ ११ गते उनी अभिनीत तथा निर्मित चलचित्र ‘सुनकेसरी’ देशभर प्रदर्शनमा आउँदैछ ।

उनी आफूले अन्तर्राष्ट्रिय स्तरको हरर चलचित्र निर्माण गरेको बताउँछिन् । उनी चलचित्रले दर्शक तर्साउने तर दर्शकले आफूलाई नतर्साउनेमा पनि ढुक्क छिन् ।

उनी भन्छिन्, ‘मैले करिअरको सुरुवातदेखि नै विभिन्न विधाका फिल्ममा काम गर्ने मौका पाएँ । ‘सुनकेसरी’ मेरो करिअरको अर्को च्यालेञ्जिङ रोल हो । हामीले रिक्स उठाएरै यो चलचित्र बनाएका हौं । दर्शकलाई कस्तो लाग्छ त्यो भोलीको कुरा हो तर हामी भने यसबाट सन्तुष्ट छौं ।’


यसका निर्देशक अर्पण थापा ‘सुनकेसरी’ ले हरर जानरामा एउटा इट्टा थप्ने काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘म आफू नै भुतप्रेतसँग धेरै डराउने हुँदा म आफूभित्रको डर पर्दामा ल्याउँदा त्यसले एउटा समग्र जमातलाई समात्न सक्छ भन्ने लागेर ‘सुनकेसरी’ बनाएको हुँ ।’ उनले यस चलचित्रले हरर जानराप्रति दर्शकको विश्वास बढ्ने ठोकुवा गर्छन् ।

नेपालमा स्तरिय हरर चलचित्र बन्दैन भन्ने धारणा बनाएका दर्शकलाई ‘सुनकेसरी’ को प्रचार सामाग्रीले भने केही आशाको ज्योति बाल्न सफल भएको देखिन्छ । यस चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu