भदौमा प्रशान्त र अनुपको ‘जय शम्भु’



दुई ह्याण्डसम भिलेन अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको लिड रोल रहेको चलचित्र ‘जय शम्भु’ को अफिसियल रिलिज डेट घोषणा गरिएको छ । साउन १ गतेलाई रिलिज टार्गेट गरेर फ्लोरमा निस्किएको यो चलचित्र अब भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

वितरक गोपाल कायस्थसँग राजधानीभित्र र एफडि कम्पनीसँग राजधानी बाहिर प्रदर्शनका लागि निर्माण टिमले सम्झौता गरिसकेको छ । वर्षा सिवाकोटीको पनि यस चलचित्रमा लिड रोल छ ।

रुपेश तामाङ निर्देशित यस चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो चलचित्र एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu