रेग्मी परिवारलाई ‘पराई’को आर्थीक सहयोग हुने



shiva-regmi-family-help
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आगामी पौष २६ गतेलाई प्रदर्शनको मिति तोकेको बरिष्ठ निर्देशक स्वर्गिय शिव रेग्मी निर्देशित चलचित्र ‘पराइ’ को पहिलो दिनको कमाईको केहि प्रतिशत रकम रेग्मीको परिवारलाई सहयोग गरिने भएको छ । यो चलचित्रका निर्माता गोविन्द शाहीले आफ्नो चलचित्रले शुक्रवार गर्ने कलेक्शन मध्येको केही रकम स्वर्गिय निर्देशक रेग्मीको परिवारलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसघी केहि रकम शिव रेग्मी ट्रस्टलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेका निर्माता शाहीले भने ,‘शुक्रबार देशभरबाट हुने कलेक्शनको १५ प्रतिशत मध्ये आधा उहाँको परिवार र आधा शिव रेग्मी ट्रस्टलाई प्रदान गर्नेछु ।’

पूर्णत: सामाजिक कथामा निर्माण गरिएको भनिएको यो चलचित्रमा नन्दिता केसी, गरिमा पन्त, निरज बराल लगायतका कलाकारले अभिनय गरेका छन् । भने नायक राजबल्लभ कोइरालाले पनि एक गीतमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu