तत्काल ‘बक्सअफिस’ लागू गर्न बोर्ड अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन



नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणाली तत्काल लागू गर्न सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बोर्ड अध्यक्ष निकिता पौडेललाई निर्देशन दिएका छन् ।

सोमवार राजधानीमा आयोजित चलचित्र पत्रकार संघ, नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘मलाई मिठो कुरा गर्न आउँदैन । तत्काल बक्सअफिस लागू गर्नुस् नसके कुर्सी छाड्नुस् ।’


मन्त्री बाँस्कोटाले हल सञ्चालकहरुको गुनासो सुन्न मन्त्रालय तयार रहेको पनि बताए । उनले भने, ‘आउनुस् छलफल गरौं तर ‘बक्सअफिस’ लागू गर्न सबैले सहयोग गर्नुपर्छ । हलवालाहरुको माग सम्बोधन गर्न मन्त्रालय तयार छ । ‘बक्सअफिस’ लागू नगर्ने हो भने यस विषयमा अब बहस गर्न बन्द गर्नुस् ।’

पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र बोर्ड अध्यक्ष निकिता पौडेलको सक्रियतामा काठमाडौंको थापाथलीमा रहेको शिखर कम्प्लेक्स सुबिसु बिल्डिङमा नेपाली बक्सअफिस सिष्टमको ‘डाटा हब’ सञ्चालनमा आइसकेको छ ।

मल्टिप्लेक्स हलमा बक्सअफिस सिस्टम जडान भएपनि हल सञ्चालकको अवरोधका कारण सिंगल हलमा बक्सअफिस प्रणाली लागू गर्न सरकारलाई अहिले पसिना छुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu