सेक्स भिडियोको समाचार कारण साँच्चिकै तनावमा परिन् निता



neeta-dhungana
ठुलोपर्दा डटकम, काठमाडौ।
केहि दिन पहिले नेपाली संचार माध्यममा नायिका निता ढुंगानाको सेक्स भिडियो टेप सार्वजनिक भयो भन्ने गसिप समाचारले ठुलै चर्चा पायो । त्यो कुरा यथार्थ त थिएन मात्र गसिप थियो । नीताले एक म्युजिक भिडियोमा सेक्स टेप सार्वजनिक भएपछी पिडित भएकी युवतीको कथामा गरेको अभिनयको बारेमा समाचार बनेको थियो ।

सोहि समाचारले निता साँच्चिकै तनावमा परेकी छिन् । कारण हो तिनै संचार माध्यममा आएको समाचारको बिषयमा उनका फ्यानको गाली अनि आलोचना । उनले हालै सार्वजनिक एउटा म्युजिक भिडियोमा सेक्स टेप बाहिरिएपछि तनावमा परेकी युवतीको भूमिकामा खेलेकी थिइन् । म्युजिक भिडियोमा गरिएको अभिनय सम्बन्धी गसिपले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आउन थालेपछि नीतालाई तनाव भएको हो ।

निता भन्छिन,’समाचार आएदेखि नै मानसिक तनावमा छु, पढ्दा मेरै मन चसक्क भएको थियो, अहिले फ्यानहरूले नै फेसबुकमा गाली गरेर म्यासेज पठाएको देख्दा बन्दै गरेको नाममा नै दाग लाग्यो ।’

नायिका निताले गल्ती नै नगरी समस्या झेल्नुपरेकोमा दुःख व्यक्त गरेकी छिन् । उनले आफूले आजसम्म इज्जतमा दाग लगाउने कुनै काम नगरेको भन्दै फ्यानहरूलाई नकारात्मक धारणा नबनाउन र माया गरिरहन आग्रह गरेकी छन् । निता नेपाली रजतपटमा पछिल्लो समयकी उदयीमान नायिकामा पार्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu