भदौमा पुग्यो आकाश र आँचलको ‘ब्ल्याक’



बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार-प्रसारमा प्रभाव परेको कारण देखाउँदै चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ ।

यसअघि जेष्ठ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अब भदौ १ गतेबाट दर्शकमाझ आउने भएको छ । यसमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा लिड रोलमा छन् ।

प्रदिप श्रेष्ठ निर्देशित यस चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका छन् ।

आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu