‘सुनकेसरी’ को बुकिङ खुल्यो



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुनकेसरी’ को मल्टिप्लेक्समा अग्रिम बुकिङ खुल्ला गरिएको छ । एकल प्रदर्शनमा आउन लागेको यो चलचित्रले मल्टिप्लेक्समा उच्च शो पाएको छ ।

चलचित्रलाई क्युएफएक्स सिनेमाले मात्रै १५ शो उपलब्ध गराएको छ भने एफक्युबमा ४, बिएसआर मुभिजमा ४ र क्युज सिनेमाजमा यसले २ शोज पाएको छ । अन्य हलले भने शोज बाँडफाँड गर्न बाँकी छ ।

सोलो प्रदर्शनमा आउन लागेको हुँदा यो चलचित्रले मल्टिप्लेक्समा उच्च शो पाएको हो । हलिउड चलचित्र ‘सोलो : अ स्टार वार्स स्टोरी’ र बलिउड चलचित्र ‘बाइस्कोपवाला’ भन्दा ‘सुनकेसरी’ शोजको मामलामा पहिलो स्थानमा छ ।

अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण रहेको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहलमाथि आधारित चलचित्रमा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu