दोस्रो नेवाः फिल्म फेस्टिभल सम्पन्न



newa-film
ठुलोपर्दा डटकम, काठमाण्डौ।
 दोस्रो नेवाः फिल्म फेस्टिभल ने.सं. ११३३ मा सहभागी चलचित्रहरु र सहयोगीहरुलाई धन्यवाद ज्ञापन स्वरुप एउटा बृहत कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौंको दक्षिणी भेगमा रहेको मकवानपुर जिल्लासँग जोडिएको छैमले गा.वि.स. अवस्थित छैमले रिसोर्टमा सम्पन्न भएको उक्त धन्यवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ ध्वनि प्राविधिक दीपकमान श्रेष्ठसित “चलचित्रमा ध्वनिको महत्व” बारे अन्तक्रिर्या पनि गरिएको थियो ।

मछिन्द्र क्लबको आयोजनामा गत वर्षदेखि आरम्भ गरिएको नेवाः फिल्म फेस्टिभलको दोस्रो संस्करण गत भदौ ३१ गतेदेखि असोज ८ गते सम्म सञ्चालन भएको थियो । सो फेस्टिभलमा सहभागी चलचित्रहरु लगायत फेस्टिभल सफल पार्न सहयोग गर्ने संघ संस्थाहरु, सञ्चार माध्यमहरुलाई धन्यवाद स्वरुप कदर पत्र प्रदान गरिएको थियो । मच्छिन्द्र क्लबका सचिव श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम मच्छिन्द्र क्लबका अध्यक्ष जीवेन्द्रलाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

वरिष्ठ गायक भृगुराम श्रेष्ठ , कलाकार एवं भुतपूर्व फूटबल खेलाडि नीलकाजी शाक्य , छैमले रिसोर्टका नीलकण्ठ श्रेष्ठ , चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधरले कदर पत्र प्रदान गरेको सो कार्यक्रममा चलचित्र पत्रकार तुलाधरले नेपाल भाषाका चलचित्रहरुको वर्तमान स्थीतिमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन पवित्र कसाःले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu