एनएफडिसी पुरस्कार दोस्रो संस्करणको दोस्रो चौमासिक मनोनयन



NFDC-Award
ठुलोपर्दा डटकम, काठमाडौं।
‘नेपाल चलचित्र विकास कम्पनी’ले गत वर्षदेखि आयोजना गर्न सुरु गरेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’को दोस्रो संस्करणको दोस्रो चौमासिक मनोनयन सार्वजनिक गरेको छ। हरेक चार महिनामा सार्वजनिक हुने मनोनयनमा २०७० भदौ १ देखि मंसिर मसान्तसम्म सार्वजनिक २९ फिल्मबाट उत्कृष्ट पाँचको छनोट गरिएको हो।

सार्वजनिक मनोनयन अनुसार ‘हिरा सर्वोत्कृष्ट चलचित्र’को विधामा ‘होस्टेल’, ‘ढुवानी’, ‘मौन’, ‘मधुमास’ र ‘काली’ मनोनयनमा परेका छन्। त्यस्तै ‘प्रकाश सर्वोत्कृष्ट निर्देशक’को विधामा ‘होस्टेल’बाट हेमराज बिसी, ‘ढुवानी’बाट पिताम्बर पाण्डे, ‘मौन’बाट सुरज भुषाल, ‘मधुमास’बाट सुदर्शन थापा र ‘काली’बाट सबिर श्रेष्ठ मनोनयनमा परेका छन् ।

‘शिव सर्वोत्कृष्ट अभिनेता’को विधामा ‘मधुमास’बाट आर्यन सिग्देल, ‘मौन’बाट अर्पण थापा, ‘लोफर’बाट दयाहाङ राई, ‘ढुवानी’बाट किशोर खतिवडा र ‘ग्याम्बलर’बाट सुमन सिंह मनोनयनमा छन्, यस्तै ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री’का लागि भने ‘कोही त छ’बाट झरना थापा, ‘मौन’बाट नम्रता श्रेष्ठ, ‘उर्वशी’बाट नीता ढुङ्गाना, ‘काली’बाट रेखा थापा र ‘स्टार’बाट सुमिना घिमिरे उत्कृष्ट पाँचको मनोनयनमा परेका छन्।

‘नीर सर्वोत्कृष्ट सहअभिनेता’को विधामा भने ‘होस्टेल’बाट गौरव पहारी, ‘मधुमास’बाट मनोज आरसी, ‘राजनीति’बाट रमेश बुढाथोकी, ‘लोफर’बाट सागर लम्साल र ‘सौर्य’बाट सौगात मल्ल मनोनयनमा छन्। ‘बसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री’को विधामा भने उत्कृष्ट तीनको मात्र मनोनयन सार्वजनिक गरिएकोमा ‘उर्वशी’बाट अरुणिमा लम्साल, ‘राजनीति’बाट पवित्रा आचार्य र ‘मधुमास’बाट शिवाङ्गिनी राणा मनोनयनमा परेका छन्।

यस्तै ‘विश्व सर्वोत्कृष्ट नवअभिनेता’को विधामा चारजना मनोनयनमा छन्। जसअर्न्तगत ‘होस्टेल’बाट अनमोल केसी, ‘सौर्य’बाट अनुपविक्रम शाही, ‘उर्वशी’बाट किशोर श्रेष्ठ र ‘होस्टेल’बाट ‘सलोन बस्नेत’ छन्।

त्यस्तै ‘चैत्य सर्वोत्कृष्ट नवअभिनेत्री’को मनोनयनमा ‘हाम्री चेली’बाट अञ्जु निरौला, ‘राजनीति’बाट कोमल वली, ‘होस्टेल’बाट प्रकृति श्रेष्ठ, ‘मधुमास’बाट पूजा शर्मा र ‘ढुवानी’बाट सगुन शाही रहेका छन्। ‘चेतन सर्वोत्कृष्ट पटकथा लेखन’का लागि ‘मौन’बाट अर्पण थापा, ‘हाम्री चेली’बाट बाबुराम घिमिरे, ‘मधुमास’बाट दिनेश न्यौपाने र अविनाशविक्रम शाह, ‘होस्टेल’बाट हेमराज बिसी र ‘ढुवानी’बाट पिताम्बर पाण्डे मनोनयनमा परेका छन्।

सँगसँगै ‘भुटानी सर्वोत्कृष्ट द्वन्द्व’ निर्देशकको विधामा ‘ढुवानी’बाट देव महर्जन, ‘वार’, ‘बाउन्सर’ र ‘ग्याम्बलर’बाट हिमाल केसी र ‘काली’बाट रोशन श्रेष्ठ मनोनयनमा पर्न सफल भएका छन्। संगीतकार, सम्पादन ध्वनि मुद्रण, पार्श्व गायन, पार्श्व संगीत, नृत्य निर्देशक विधामा पनि उत्कृष्ट पाँचको नाम सार्वजनिक गरिएको छ।

२० विधामा वितरण गरिनेअवार्डमा चलचित्र उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट चलचित्रकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नामबाट नामाङ्करण गरीएको अवार्डमा सर्वोत्कृष्ट निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित नगद समेत प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu