‘बितेका पल’ चलेन भने म पनि जिम्मेवार हुन्छुः केकी अधिकारी



keki-adhikari-interview
नायिका केकी अधिकारी, नेपाली फिल्म क्षेत्रको एउटा अब्बल र परिचित नाम हो । गत पुस २ गते आफ्नो २३ औँ जन्मदिनको केक काटेकी केकी नेपाली म्युजिक भिडियोका लागी त स्टार नै हुन् । म्युजिक भिडियो हुदै ‘स्वर’ डेब्यु केकी, ‘एडुकेटेड’ हिरोइनको रुपमा पनी चिनिन्छीन् । उनी हाल एमबिए गदैछीन् । एक सय बढी म्युजिक भिडियोमा अभिनय देखाइसकेकी उनले आठ वटा फिल्म पनी गर्न भ्याइसकेकी छिन् । जसमध्ये पाँच रिलीज भइसके । छैटौ फिल्म ‘बितेका पल’ यही पौष २६ गते देखी रिलीज हुँदैछ । प्रस्तुत छ उनै केकी अधिकारीसँग ठुलोपर्दा डटकमका अपिल त्रिपाठीले गरेको कुराकानीको संपादित अंशः

सामान्यतः तपाईलाई लभस्टोरी फिल्ममा नै देखिन्छ । यो तपाईको ईच्छा हो वा निर्माता-निर्देशकको ईच्छा हो, की संयोग हो ?
एक त नेपालमा प्राय लभस्टोरी बेस फिल्महरु बढी बन्छन, अर्को कुरा मेरो उमेर हो । यो उमेरमा म लभस्टोरी फिल्मको क्यारेक्टरमा बढी फिट हुन्छु सायद । तर म लभस्टोरी फिल्ममा पनि नयाँ खालको क्यारेक्टर खोजीरहेको हुन्छु ।

लभस्टोरी फिल्म हेर्दा हेर्दा दर्शक दिक्क भएनन र ?
हो, एकै किसिमको लभस्टोरी फिल्म हेरेर दर्शक दिक्क हुनुभएकै छ ।

‘बितेका पल’ पनी लभस्टोरी फिल्म भनिएको छ नि !
बितेका पल लभस्टोरी फिल्म त हो नै । तर यसमा बिशिष्ट अवस्थामा, फरक प्रकृतीको पात्रले भोगेको, बेग्लै किसिमको भोगाइको लभ लाई देख्न सकिन्छ । बिषय बिल्कुलै फरक होइन, तर अवस्था, पात्र र प्रस्तुती भने बिल्कुल फरक छन् ।

तपाई र तपाई जस्तै अरु कलाकार अनि प्राविधिकहरु लाई बिश्वास गरेर एउटा निर्मातले लगानी गरेको हुन्छ । आश गरौँ, बितेका पलले राम्रो ब्यापार गरोस, तर यदी त्यसो हुन सकेन भने एउटा नायीकाको हिसाबले तपाई आफुलाई कहाँ-कती जिम्मेवार ठान्नुहुन्छ ?
फिल्म चलेन भने त्यसको जिम्मेवारी मैले पनी लिनुपर्छ र लिन्छु । कथाको माग अनुसार कुनै निर्माता निर्देशकले मलाई बिश्वास गरेर फिल्ममा लिन्छ भने त्यो फिल्मको रिजल्टको असर मलाई पनी परीरहेको हुन्छ । जस र अपजसको भागीदार कलाकार पनी हुन्छ । फिल्मको ब्यापार राम्रो भयो भने हामी सबैलाई राम्रो हुने हो । ‘बितेका पल’को कुरा गर्ने हो भने हामीले राम्रो काम गरेका छौँ, राम्रो मेहनत गरेका छौँ । हुनत सबैले काममा मेहनत गरेका हुन्छन् तर गरेको मेहनत दर्शकले देख्नुहुन्छ वा देख्नुहुन्न, अथवा मेहनत मन पराउनुहुन्छ वा पराउनुहुन्न भन्ने चाही महत्वपुर्ण कुरा हो । ‘बितेका पल’मा हाम्रो मेहनत दर्शकलाई मन पर्छ भन्नेमा चाहीँ म बिश्वस्त छु ।

निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले, बितेका पल मनोरञ्जन मात्र होइन, यो विचारमुलक फिल्म हो भन्नुहुन्छ । के तपाईलाई जानकारी छ, यसले कस्ते खालको विचार दिन्छ ?
फिल्ममा निर्देशकको एउटा भिजन हुन्छ । कथालाई कुन हिसाबले प्रस्तुत गर्ने, कसरी यथार्थको नजीक बनाउने, पात्र लाई कसरी अगाडी बढाउने, त्यहा निर्देशकको विचार लुकेको हुन्छ । अझ भन्ने हो भने फिल्मको माध्यमबाट निर्देशकले दर्शकलाई विचारनै पस्कने हो । ‘बितेका पल’ मनोरञ्जक फिल्म त हो नै ता पनी यसले एउटा विचार पस्कन खोजेको छ । प्रेममा परी आउने फरक परीस्थीती, त्यसलाई कुन हिसाबले कसरी ब्यबस्थापन गर्दा कसरी कस्तो अवस्था आउँछ लगायतका बिषयहरु फिल्म भित्र छन् ।

बितेका पल बलीउडका ‘मैँ हु ना’, ‘बर्फी’ जस्ता फिल्म खिचेको ठाउँमा छायांकन गरीएको भनिएको छ । बलीउड लोकेशनको सुटीङ्ग अनुभव चाही कस्तो रहृयो ?
हो, तपाईले नाम लिएका हिन्दी फिल्महरुको सुटीङ्ग भएकै दार्जिलिङ्गका बिभिन्न ठाउँहरुमा ‘बितेका पल’को सुटीङ्ग भएको हो । दार्जिलिङ्ग भौगोलिक क्षेत्रफलको हिसाबले त्यती ठुलो एरीया होइन । त्यहाँ जुन फिल्मको टिम जाँदा पनी त्यहाका निश्चीत राम्रा लोकेशन क्याप्चर गर्न खोज्ने कुरा हो । हामीले पनी त्यही गरेको हो । एकदम रमाइलो भयो । हामी ती लोकेशनमा जाँदा हामीले हेरेका हिन्दी फिल्मको त्यो पार्ट यहाँनेर सुट गरीएको रहेछ भन्ने खालको कुरा हुन्थ्यो । तर यसो भन्दैमा ‘वाउ…’मै हु ना’, ‘बर्फी’ यहाँ सुट भा’को हामीले पनी यही गर्दीयौँ’ भन्ने खालको कुरा त होइन ।

स्क्रिप्टले जस्तो लोकेशन माग्छ, त्यस्तै ठाउँमा सुट गर्ने होला, तर ‘मैँ हु ना’, ‘बर्फी’ सुट गरीएको ठाउँमा सुट गरीएको भनेर प्रचारै गर्न त किन आवश्यक होला र ?
हिन्दी फिल्म सुट भएको लोकेशन भनेर ‘बितेका पल’को दार्जिलिङ्गमा सुट गरीएको होइन । कसैले त्यस्तो गर्छ भने त त्यो हाँस्यासपद हुन्छ । स्कृप्टले खाजे अनुसारले ‘बितेका पल’को सुट दार्जिलिङ्गमा भएको हो । यो कुरा त पौष २६ पछी थाहा भईहाल्छ ।

पौष २६ मा त अरु २ वटा फिल्महरु पनी लाग्दैछन् । दर्शक स्वभाविक हिसाबले बाँडिदैछन । जुध्न लागेका फिल्महरु मध्ये एउटा फिल्मको हिरोइनको हिसाबले यो जुधाई प्रती कस्तो किसीमको बुझाई रहन्छ ?
फिल्म नजुध्नु सबैको लागी राम्रो हो । तर पौष २६ को सन्दर्भमा त्यस्तो हुन सकेन । स्वभाविक हिसाबले दर्शक बाँडिनुहुन्छ नै । अनि आफ्नो रुची अनुसारको फिल्म हेर्ने कुरा हुन्छ । कमेडी मनपराउनेले कमेडी, लभस्टोरी मन पराउनेले लभस्टोरी । मलाई भन्नु हुन्छ भने त नजुध्नु जुधिसकेपछी सबै फिल्मले राम्रो व्यापार गरे मलाई खुशी लाग्छ । मेरो त सबै लाई सुभकामना छ । एउटा हिरोइनको हिसाबले भन्दा त्यही मितिमा निता ढुङ्गानाले अभिनय गरेको फिल्म आउँदैछ, निता मेरो मिल्ने साथी पनी हो । त्यस्तै गरीमा पन्तजीको फिल्म पनी आउँदैछ । उहाँलाई पनि शुभकामना छ । दर्भाग्य भन्ने की के भन्ने, तर सबैको राम्रो होस् । बेस्ट वीसेस फर अल ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu