फाल्गुन १६ गते तोरी लाहुरे आउँदै | हसाउँदै फाईट गर्ने



tori-lahure-2
ठुलोपर्दा डटकम, काठमाडौं
समाजमा व्याप्त बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाई निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘तोरी लाहुरे’ आगामी फाल्गुन १६ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। ‘एक्सन कमेडी’ भनिएको यो चलचित्रको निर्माण युनिटले सोमवार आफ्नो चलचित्रको प्रदर्शनको मिति तय गरेको हो ।

यो चलचित्रलाई द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेका छन् । चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । कृष्ण आचार्यको कथामा तयार भएको यो चलचित्रलाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

निरज कँडेलले खिचेको चलचित्र ‘तोरी लाहुरे’मा संगीत सन्तोष राजको रहेको छ, भने द्धन्दनिर्देशन शंकर महर्जनले गरेका छन् भने गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu