रजनीकान्तको ‘काला’ ट्रेलर रिलिज



सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षीत चलचित्र ‘काला’ को एक्सनयूक्त ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवातमा अभिनेता नाना पाटेकर एक स्लम क्षेत्रका व्यक्तिलाई सम्बोधन गर्दै देखिएका छन् । यसपछि रजनीकान्तको ग्रान्ड तर कमिक अन्दाजमा इन्ट्री हुन्छ ।


ट्रेलरमा रजनीकान्तलाई निकै स्क्रिन स्पेस दिइएको छ । उनलाई हुमा कुरैशीसँग पनि स्क्रिन शेयर गर्दै देखिएको छ । यो चलचित्र एक ग्यांगस्टर ड्रामा हो, जसमा रजनीकान्त काला करीकलन नामको ग्यांगस्टारको भूमिकामा छन् ।

यस्तै, नाना पाटेकर चलचित्रमा एक नेताको भूमिकामा देखिएका छन् । रजनीकान्तको पछिल्लो चलचित्र जस्तै ‘काला’ ले पनि एक कडा राजनीतिक सन्देश दिनेछ । चलचित्रलाई धनुषले निर्माण गरेका हुन् ।

हुमा कुरैशी र एस्वरी राव पनि यसमा लिड रोलमा छन् । जून ७ मा रिलिज हुने यो चलचित्रलाई पीए रन्जीतले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu