फ्राईडे रिलिज : ‘बेबि आई लभ यू’, ‘हरी’ र ‘अमेरिका बोइज’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जनक पाण्डे निर्देशित चलचित्र ‘बेबि आई लभ यू’, प्रवेश पौडेलको ‘अमेरिका बोइज’ र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित ‘हरी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय रहेको ‘बेबि आई लभ यू’ लाई सुरज आचार्यले खिचेका हुन् ।


लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त चलचित्रमा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । यो चलचित्रले सन्तोष र पूजाबीचको प्रेम र विछोडको कथा बोल्छ ।

सस्पेन्स कमेडी विधामा बनेको चलचित्र ‘हरी’ मा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, चलचित्र ‘अमेरिका बोइज’ मा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu