अभिनेता विराज भट्टका दाजु चेतराजको सवारी दुर्घटनामा निधन, ‘१२ गाउँ २’ को छायांकन रोकियो



धनगढी: नेपाली चलचित्रका चर्चित एक्सन स्टार विराज भट्टलाई भातृशोक परेको छ। उहाँका जेठा दाजु चेतराज भट्टको सवारी दुर्घटनामा परी दुखद निधन भएको छ।

प्राप्त जानकारी अनुसार, आइतबार धनगढी विमानस्थल चोक नजिकै एक माइक्रोले चेत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ नायक विराज भट्ट सोमबार बिहानै सपरिवार धनगढी पुगेका छन्। यस अकल्पनीय घटनाले भट्ट परिवारमा गहिरो शोक छाएको छ।

पारिवारिक शोकका कारण विराज भट्टको चलचित्र ‘१२ गाउँ २’ को छायांकन तत्कालका लागि रोकिएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार, यो दुखद घडीमा केही दिनका लागि चलचित्रको सम्पूर्ण छायांकनको काम स्थगित गरिएको हो।

हालसम्म चलचित्रमा समीर भट्टको भने सम्पूर्ण दृश्यको छायांकन सम्पन्न भइसकेको छ। तर, नायक विराज भट्टको भने अझै करिब १० प्रतिशत दृश्य खिच्न बाँकी रहेको निर्माण युनिटले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu