अनमोल, भुवन र प्रिन्सीको चलचित्र ‘बाटुलो जून’को छायांकन सकियो



काठमाडौ – चलचित्र ‘बाटुलो जून’को छायांकन सम्पन्न भएको छ। एक वर्षको लामो मेहनत पछि चलचित्रको सम्पूर्ण दृश्य खिच्ने काम पुरा भएको जानकारी अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दिएका छन्। यो बहुप्रतिक्षित चलचित्र यसै वर्षको दशैंको अवसर पारेर दर्शकमाझ रिलिज हुँदैछ।

छायांकन सकिएको खुसीयालीमा फिल्मको सेटबाट एउटा तस्बिर सार्वजनिक गरिएको छ, जसमा वरिष्ठ अभिनेता भुवन केसी, युवा स्टार अनमोल केसी र नायिका प्रिन्सी खतिवडा सँगै देखिएका छन्। तस्बिरमा कलाकारहरूले ‘इन्ड क्ल्याप’ र ‘बाटुलो जून’ लेखिएको क्ल्यापबोर्ड समातेका छन्।

तस्बिरमा कलाकारहरू भिजेको अवस्थामा देखिएका छन्। क्याप्सनमा खुलाइए अनुसार, फिल्मको अन्तिम दृश्य ‘वर्षाको दृश्य’ भएकाले उनीहरू भिजेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu