पुष्पले किन छाडे ‘छक्का पञ्जा ३’ ?



हाल छायांकन भइरहेको चलचित्र ‘छक्का पञ्जा ३’ बाट अभिनेता पुष्प खड्काले हात झिकेका छन् । मुहूर्तको अघिल्लो दिनमात्र यो चलचित्रमा उनको प्रवेश भएको थियो । बुझिएअनुसार, उनले आफ्नो भागको स्क्रिप्ट प्राप्त नगरेपछि चलचित्र छाडेका हुन् ।

भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि चलचित्र छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् ।


उता ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले चलचित्रबाट हात झिकेको खबर सत्य रहेको बताए । उनी भन्छिन्, ‘उहाँलाई हामीले गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेका थियौँ । उहाँको ५/७ सिन मात्र थियो । उहाँले आफ्नो पारिश्रमिक पनि बुझिसक्नुभएको छ ।’

स्क्रिप्ट नपाएपछि चलचित्र छाड्नुभएको भन्ने कुरा छ नी ? भन्ने प्रश्नमा निर्माता गिरी भन्छन्, तपाईको रोल यस्तो-यस्तो हुन्छ भनेर हामीले उहाँलाई अनुबन्ध गर्दा खेरि नै बताएका थियौँ । हामी गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट दिँदैनौ ।’ उनले पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिए ।

दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो चलचित्रमा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu