दक्षिणकालीमा फिल्मकर्मी सम्मानित



काठमाण्डौ। काठमाण्डौको दक्षिणकाली नगरपालिकास्थित खहरेमा केहि फिल्मकर्मी तथा संगीतकर्मी सम्मानित भएका छन् ।

उदाहरणिय मञ्च नृत्य प्रशिक्षण केन्द्रले शनिवार आफ्नो दोश्रो बार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार जिवन पराजुली, नायिका तथा कोरियोग्राफर पवित्रा आचार्य, चलचित्र निर्देशक बसन्त निरौला, भिएफएक्स आर्टिस्ट तथा डिजाइनर विजय बश्याल, लोक दोहोरी गायकद्वय पिएन सापकोटा, सागर लामिछाने लगायतलाई सम्मान गरेको हो । बरिष्ठ लोक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी महिला सचिव राधिका हमाल उक्त कार्यक्रममा प्रमूख अतिथी थिइन् ।

सम्मानको साथै विविध साँस्कृतिक कार्यक्रम समेत भएको थियो । उक्त प्रशिक्षण केन्द्रका विद्यार्थीहरुले पूर्वदेखी पश्चिमसम्मका बिभिन्न चर्चित साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नृत्य प्रशिक्षण केन्द्रकी अध्यक्ष अनिता लामाले कला सँस्कृती जगाउने काममा आफु सँधै लागिरहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu