यस्तो बन्यो ‘रोमियो एण्ड मुना’ को पोस्टर



साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो र मुना अर्थात नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ दुवै छैनन् । किन सार्वजनिक गरियो त यस प्रकारको पोस्टर ?

‘यो चलचित्रसँग नै सम्बन्धित पोस्टर हो’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘यो बक्समा मुनाले आफ्नो इखलाई हाल्ने गर्दछिन् । यसैले हामीले पोस्टरमा तपाईको कुनै इख छ भनेर प्रश्न गरेका छौं ।’

निर्देशक केसीका अनुसार ‘रोमियो एण्ड मुना’ को यो बक्सवाला पोस्टर प्रतिबिम्वित पोस्टर हो ।

विनय र सृष्टिको शिर्ष भूमिका रहेको ‘रोमियो एण्ड मुना’ मा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । चलचित्र निर्माणमा प्रशन्न गोपाली, रामशर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu