जापानमा खुलिन् प्रियंका, केकी देखिइन् यस्ती (फोटोफिचर)



नेपालमा औसत व्यापार गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को आइतवार विशेष प्रदर्शन जापानमा गरिएको छ । यसका लागि अभिनेत्री द्वय केकी अधिकारी र प्रियंका कार्की जापान पुगेका थिए ।

ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा भएको यस चलचित्रको विशेष शोमा ३ सय बढी दर्शकको उपस्थिति रहेको थियो । अधिकांशले चलचित्रको तारिफ गरेका छन् । केकी यस चलचित्रकी निर्मात्री समेत हुन् ।


चलचित्रको विशेष शोमा नायिका प्रियंका कार्की रातो गाउनमा निकै खुलेकी थिइन् । यूवी थापाले उनका लागि यो पहिरन तयार पारेका थिए । यस्तै आकाशे रंगको गाउनमा केकीको सुन्दरता खुलेको थियो ।


गामबेशी चेपाङ बालबालिकाको सहयोगार्थ जापानको टोकियोमा रहेको नाकानो जिरो हलमा चलचित्रको प्रदर्शन गरिएको थियो ।


विशाल भण्डारको लेखन र निर्देशन रहेको यस चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu