खदीलो ‘झोला’ | पोखरेलीको मनमा झोलाको बास



jhola-1
अपिल त्रिपाठी, पोखरा।
साहित्यकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’ मा आधारित चलचित्र ‘झोला’ को पोखरामा विशेष प्रदर्शनी गरीएको छ । र्‍याण्डम रिडर्स सोसाईटीले प्रदर्शनीको आयोजना गरेको हो ।

प्रर्दशनी पछी आयोजना गरीएको अन्तरक्रिया कार्यक्रममा चलचित्रका निर्देशक यादव भट्टराईले अहिलेको समयमा करिब १०० वर्ष अगाडिको अवस्था पर्दामा देखाउन निकै मेहनत गर्नुपरेको बताए । उनले हालसम्म चारपटक चलचित्रको विशेष प्रदर्शनी गरेको जानकारी दिँदै दर्शकहरुको सकारात्मक प्रतिक्रियाले चलचित्र युनिट उत्साहित भएको जनाए ।

कार्यक्रममा बोल्ने साहित्यकार, चलचिकर्मी एवं संचारकर्मीहरुले ‘झोला’ यथार्थको नजीक रहेको टिप्पणी गरेका छन । श्रीमानको मृत्यु पश्चात श्रीमतीलाई पनि ज्युादै जलाईने करिब १०० वर्ष अगाडिको सति प्रथालाई चलचित्रले यथार्थ रुपमा चित्रण गरेको उनीहरुले टिप्पणी गरे । कार्यक्रममा मानवअधिकारका लागि महिलाः एकल महिला समुहकी पश्चिमाञ्चल अध्यक्ष दुर्गा न्यौपानलेले चलचित्र चेतनामुलक रहेको बताईन् । चलचित्रले महिला विरुद्धका तमाम् कु-प्रथालाई अन्त्य गर्न विद्रोहको विउा रोप्न सफल भएको उनको भनाई थियो ।

संचारकर्मी अमित रिजालले जीवनभन्दा पर जान खोजेर बन्ने बलिउड शैलीमा फिल्म बनाउने प्रवृत्तिलाई ‘झोला’ ले तोडेर यथार्थ नजिक गएको बताए । ‘प्रविधि र कलाको हिसावले यो चलिचित्र कोशेढुंगा बन्ने संकेत देखिएको छ’-उनले भने । कार्यक्रममा एकल महिला समुह, कास्कीकी अध्यक्ष प्रमिला तझ्या, र्‍याण्डम रिडर्स सोसाईटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागाई ‘आहट’, सोसाईटीका सचिव उपेन्द्र लामिछाने, पोखरा फिल्म सोसाईटीका अध्यक्ष घनश्याम लामिछाने, महेन्द्र रिमाल, विष्णु गौतम, रामकृष्ण ज्ञवाली, गीता विष्ट, माधव पहारी, राजेन्द्र अधिकारी, सुष्मा पौडेल लगायतले चलचित्रबारे टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu